‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।
उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ ।
घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वस्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य एकाइबाट चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।















स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया