आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने
मेरोन्यूज
२०८१ वैशाख १८ गते १९:५५

काठमाडौं। आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ। बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।
भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए। उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ।
सम्बन्धित














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया