सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८१ वैशाख १९ गते ११:०५

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया