वीरगंजकाे नविल बैंक चोरीमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।
सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् ।
सम्भव भए आज साँझ सम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।











जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया