मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, २१ सयले लिए सेवा

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।
काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।
सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिए । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताए ।
सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताए ।
उनले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिए ।
















कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय
नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई
सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया