अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८२ मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय अरूण रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै बाजुरा, बुढिगंगा नगरपालिका-५ घर भई हाल सोही नगरपालिका-६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९७ मिलिग्राम र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया