वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो ।
आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ ।
३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आइसीसीले जनाएको छ ।
थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ । उनको सजाय २३ मे २०२३ मा सुरु भएको छ भने २२ मे २०२८ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् । थोमसले वेस्ट इन्डिजका लागि तीनवटै फर्म्याटमा खेलेका छन् ।
उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी-२० खेलेका छन् । उनले २०११ को एकदिवसीय विश्वकप पनि खेलेका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया