एमालेको अडानपछि सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित
मेरोन्यूज
२०८१ वैशाख २१ गते ११:५९

धनगढी । नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।
प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन। बिहान ८ बस्ने भनिएको बैठक पछि ११ बजेका लागि सारिएको थियो । तरअझै बस्न सकेको छैन।
यसै बिच शुक्रबार नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित
















इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया