बुधबार, माघ ७, २०८२

लोसपा सांसद शर्मा निलम्बित

मेरोन्यूज २०८१ वैशाख २१ गते १७:४२

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । शर्मालाई वैशाख १८ गते निलम्बन गरिएको हो ।

प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सांसद शर्मालाई सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले जन्मकैदको फैसला गरेको थियो ।

प्रतिक्रिया