ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई सम्मान

मोरङ । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार साँझ सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा सन् १९८८ मा ओलम्पिकमा सहभागी १२ खेलाडीलाई सम्मान गरिएको हो ।
समारोहमा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गङ्गाराम डङ्गोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टीकाबहादुर बोगटी सम्मानित भएका थिए । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दीपक विष्ट र बोर्डका सदस्यसचिव हंसराज वाग्लेले सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले खेलको मध्यमबाट देशविदेशको गौरव बढाउने ओलम्पिक खेलाडीलाई उभ्याएर सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए । उनले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार पछि नहट्ने उल्लेख गरे ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले यहाँका पुराना राष्ट्रिय खेलाडी ओमकुमार मास्केलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए । ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मलेसिया, सिङ्गापुर, बेलायतलगायतका छजना ओलम्पियन्स खेलाडीसमेतको सहभागिता रहेको थियो । कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी तथा २५ जना प्रदेशभित्रका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया