नेवारी र तामाङ भाषालाई बागमतीमा सरकारी कामकाजमा प्रयोग गरिने

मकवानपुर। बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने बताएका छन् । उनले यही वैशाख २४ गतेबाट व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताए ।
मन्त्री बज्राचार्यले आज संक्षिप्त कुराकानी गर्दै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्ने जानकारी दिए ।
उनले काठमाडौँका वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँकीसहित र्यालीले काठमाडौँ नगरको परिक्रमा गर्ने पनि उल्लेख गरे । बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल)/तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनी मन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।
उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न संस्कृति मन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया