आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ । १२ अंकसहित लखनउ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । १४ अंकसहित कोलकोता दोस्रो स्थानमा रहेको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया