हुम्लामा भेटिएको बम सेनाले निश्क्रिय पार् यो
तत्कालीन माओवादीले लुकाएको हुनसक्ने प्रहरीको भनाई

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो । उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्धन्दका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।









एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया