भारतमा घटेन कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो सयम कोरोना संक्रमितको संख्या फेरी पनि बढ्न थालेको छ । हिजो एकैदिन ६८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा भारतमा केही दिनयता संक्रमणको दर बढ्दै गएको हो।
भारतमा हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेकोमा एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २९५ जनाको मृत्यु भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३ सय, अमेरिकामा ४० हजार ३ सय, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३ सय र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार बढी जनसङ्ख्यामा कोरोना संक्रमण फैलिएको छ ।
ब्राजिलमा एक हजार ६ सय ५, मेक्सिकोमा ५ सय ६७, अमेरिकामा ४ सय ७२, रसियामा ३ सय ३६, इटलीमा २ सय ९७ र हंगेरीमा २ सय २० सहित विश्वभर साढे ६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५ सय नाघेको छ ।
विश्वभर १२ करोड ७७ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० करोड २९ लाख मानिस संक्रमणबाट मुक्त भइसकेका छन्।










पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया