वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख बढी रकमसहित एक युवक पक्राउ

वीरगञ्ज। आज वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट एक जनालाई पक्राउ गरेको हो ।
वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाअनुसार पटेलले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको एक हजार दरको नोट ८८९ थान (८ लाख ८९ हजार), पाँच सय दरको नोट ८५० थान (४ लाख २५ हजार) र एक सय दरको नोट १० थान (एक हजार) गरी जम्मा १३ लाख १५ हजार रकम बरामद गरिएको हो ।
साथै विभिन्न बैंकका खाली चेक ७ थान पनि बरामद गरिएको छ । पटेलविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया