डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
मेरोन्यूज
२०८१ वैशाख २६ गते ८:०७

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजा सहित फाइनलमा पुगेको हो ।
डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस अघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १-० गोल ले नै पराजित गरेको थियो ।
डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया