कोशीका मुख्यमन्त्री कार्कीलाई एमाले-माओवादीको काउन्टर

विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।
बुधबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएर काउन्टर दिएका हुन् ।
उनीहरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा २०८० साल आश्विन २७ गते नियुक्त भएका कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेका एमाले र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार अल्पमतमा परेको र विश्वासको मत समेत नलिएकाले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया