काभ्रेमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला
मेरोन्यूज
२०८१ वैशाख २८ गते १३:४७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा जङ्गलमा आज बिहान पुरुषको शव फेला परेको छ ।
जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
करिब २५ वर्षको जस्तो देखिने पुरुषको शव पहिचान हुन नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरीचौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको हो ।
शवको प्रकृतिले घटना करिब दुई हप्ताअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि काठमाडौँबाट तालिमप्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया