ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’को ‘सीएसआर’ कार्यक्रमहरु अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत १५ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको छ ।
ई–नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो ।
प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ ।
कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको छ । बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन–पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरिएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १५ जना बालबालिकाका लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौता अनुरुप बालबालिकाको निम्ति कृत्रिम हात प्रदान गरिएको बताइएको छ ।
















अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया