बिहीबार, माघ १, २०८२

आइपिएलमा आज कोलकोता र मुम्बई भिड्ने

मेरोन्यूज २०८१ वैशाख २९ गते ८:४८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुँदै छ ।

आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुन लागेकाे हाे । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा श्रेयस अय्यरको कप्तानीमा रहेकाे कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो । 

त्यस्तै हार्दिक पाण्डेयको कप्तानीमा रहेकाे मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । 

प्रतिक्रिया