प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन्।
शनिबार अपराह्न ३ बजेदेखि उनले काठमाडौंको पशुपत क्षेत्रको मृगस्थलीबाट अनशन सुरु गरेका हुन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रधानमन्त्रीले पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताए।
उनले निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन्।
बृहत् शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवता विरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरू र दलहरू नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाए।
अनशन सुरु गर्नुअघि डा. केसीद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘हजारौं पीडितहरूले अहिलेसम्म न्याय पाएका छैनन्। अन्तर्राष्ट्रिय कानुन अनुसार पनि मानवता विरोधी र युद्ध अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय कम हुने तथा माफी हुने प्रावधान छैन।’
उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निःशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ।
डा. केसी ४ महिना देखि शान्तिपूर्ण ढंगले आन्दोलनरत थिए। सरकारलाई दिएको अन्तिम अल्टिमेटम अनुरूप आजसम्म माग पूरा नहुँदा पुन: सत्याग्रह सुरु गर्नुपरेको उनले जनाए।




















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया