चीन सरकारद्वारा प्रदान गरिएको ८ लाख डोज सरकारलाई हस्तान्तरण

काठमाडौं । चीन सरकारद्वारा प्रदान गरिएको ८ लाख डोज कोभिड भ्याक्सिन आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित एक समारोहबीच हस्तान्तरण गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पु¥याएको छ ।’
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरू प्रभावकारी रहेको पनि बताए । उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु ।’
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया