पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि
मेरोन्यूज
२०८१ वैशाख ३१ गते ९:१५

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो ।
टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए ।
यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो । ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडी परेपछि पिएसजीले उपाधि जितेको हो । यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिदै छ ।
पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । भने पछिल्लो तीन बर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ ।
सम्बन्धित












One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया