युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८१ वैशाख ३१ गते २०:१७

काठमाडौँ । युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् ।
वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
वासीम आइसीसीको प्लेयर अफ द मन्थ अवार्ड जित्ने युएईका पहिलो खेलाडी हुन् । वासीमको नेतृत्वमा युएईले एसीसी प्रिमियर कप जितेर अर्को बर्ष हुने एशिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । २०२१ को अक्टोबरमा युएईका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेदेखि नै वासीम युएई टिमका महत्वपूर्ण खेलाडी रहेका छन् ।
वासीमले टी-२० क्रिकेटमा युवाबाट खेल्दै अहिलेसम्म १९७७ रन बनाउदै युएइका लागि सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया