स्वास्थ्य मन्त्रालयले भन्यो,‘संक्रमितको उपचार गरेबापत २ हजार पाउनुहुन्छ, व्यवस्थापन गनुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितको व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुलाई समन्वयमा कोभिड १९ लक्षण र चिन्ह भएकालाई अस्पतालमा भर्ना गर्न अनुरोध गरेको हाे ।
नीति योजना तथा अनुगमन महाशाखाका डा. गुणराज लोहनीले कोरोना पोजेटिभ आएकाहरु सार्वजनिक सवारी साधनमार्फत यात्रा गरेको सूचना आएको हुँदा सातै प्रदेशका सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुलाई संक्रमितको व्यस्थापन गर्न अनुरोध गरिएको बताए ।
उनले भने, ‘लक्षण र चिन्ह भएकाहरुलाई अस्पतालमा र लक्षण नभएकाहरुलाई आईसोलेसन सेन्टरमा १० दिन अनिवार्य राख्न भनिएकाे छ ।’
आइसोलेसन र अस्पताललाई प्रतिदिन प्रतिबिरामीको दुई हजार सोध भर्ना उपलब्ध गराइनेसमेत मन्त्रालयले जनाएको छ ।

















सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया