आइतबार, चैत १५, २०८२

प्रतिनिधिसभाको बैठक जेठ ३ गतेसम्मका लागि स्थगित

मेरोन्यूज २०८१ जेठ १ गते १८:२७

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबारकाे बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रस्तुत हुन सकेन ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । 

कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारवाही अगाडी बढ्न नसक्ने जनाएको छ ।

प्रतिक्रिया