ओलीकाे डण्डा
माधव नेपाल र भीम रावल पार्टी सदस्यसमेत नरहने गरी छ महिनालाई निलम्बित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सोधेको स्पष्टीकण चित्तबुझ्दो नभएको भन्दै नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरेका छन् । ओलीले पार्टी विधान, २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई छ महिनाका लागि निलम्बन गरेका हुन् ।
तत्कालीन नेकपा र हाल एमालेमा रहँदाको अवस्थामा पार्टी हित विपरित काम गर्दै आइरहेको र पार्टी केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरणमा आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुुनै पनि आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखाएको तथा अहंकार र आत्मकेन्द्रित विषय उल्लेख गरी जवाफ दिएको भन्दै ओलीले नेता नेपाल र रावलमाथि कारबाहीको डण्डा चलाएका हुन् ।
ओलीले पार्टी विरोधी गतिविधिलाई निरन्तरता राखे जुनसकुै बेला पनि थप कारबराही गर्ने भनी नेता नेपाल र रावललाई चेतावनीसमेत दिएका छन् । ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा महासचिव इश्वर पोरखेलले नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण पत्र काटेका थिए ।
स्पष्टीरणको जवाफमा नेता नेपाल र रावलले आफूहरुले नभई अध्यक्ष ओलीले नै पार्टी विधान विपरित काम गरेको भन्दै उल्टै ओलीलाई नै कारबाही गर्नपर्ने व्यहोरोको जवाफ पठाएका थिए ।


















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
सल्यानमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया