ओलीकाे डण्डा
माधव नेपाल र भीम रावल पार्टी सदस्यसमेत नरहने गरी छ महिनालाई निलम्बित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सोधेको स्पष्टीकण चित्तबुझ्दो नभएको भन्दै नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरेका छन् । ओलीले पार्टी विधान, २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई छ महिनाका लागि निलम्बन गरेका हुन् ।
तत्कालीन नेकपा र हाल एमालेमा रहँदाको अवस्थामा पार्टी हित विपरित काम गर्दै आइरहेको र पार्टी केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरणमा आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुुनै पनि आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखाएको तथा अहंकार र आत्मकेन्द्रित विषय उल्लेख गरी जवाफ दिएको भन्दै ओलीले नेता नेपाल र रावलमाथि कारबाहीको डण्डा चलाएका हुन् ।
ओलीले पार्टी विरोधी गतिविधिलाई निरन्तरता राखे जुनसकुै बेला पनि थप कारबराही गर्ने भनी नेता नेपाल र रावललाई चेतावनीसमेत दिएका छन् । ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा महासचिव इश्वर पोरखेलले नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण पत्र काटेका थिए ।
स्पष्टीरणको जवाफमा नेता नेपाल र रावलले आफूहरुले नभई अध्यक्ष ओलीले नै पार्टी विधान विपरित काम गरेको भन्दै उल्टै ओलीलाई नै कारबाही गर्नपर्ने व्यहोरोको जवाफ पठाएका थिए ।













कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
गगन थापाको नेतृत्वमा कांग्रेस उठ्नेछ : फरमूल्लाह मन्सुर
विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक
चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङको विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया