जितसँगै म्यानचेस्टर सिटी शिर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ ।
म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।
म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।
त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।














यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया