जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग
मेरोन्यूज
२०८१ जेठ ३ गते १९:०९

काठमाडौँ। बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो ।
बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ ।
गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले आठ करोड ४० प्रदान गरेको थियो । रासस
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया