आगलागी पिडितलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।
सशस्त्र प्रहरीको ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।
पिडितहरुलाई दैनिक प्रयोग हुने भाडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरवार बिहिन भएका नागरिकहरुलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिष्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरुमा रहेका छन् ।
यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।
गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जली नष्ट भएको बताईएको थियो ।
















खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया