टाटा गाडीको समर सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेकल, इलेकट्रिक भेकल र कर्मसियल गाडीहरुको बिक्री बितरण गर्दै आएको छ ।
टाटाको सर्भिस सेन्टर, पार्टस्, नेपाल अधिराज्यभरि जतासुकै उपलब्ध छन् । पछिल्लो समय टाटाको प्यासेन्जर भेकलमा इलेक्ट्रक भेकलले ठुलो हिस्सा ओगटेको छ । प्यासेन्जर भेकल तथा ट्याक्सीका रुपमा उसका गाडीहरु प्रयोग हुँदै आएका छन् ।
हालै सिप्रदीले टाटा प्यासेन्जर भेकल तथा इभि गाडीका लागि कपनकाे बालुवाखानीमा सर्भिस सेन्टर सुरु गरेको छ ।

करिब १० रोपनी क्षेत्रफलमा अत्याधुनिक प्रविधियुक्त उपकरणहरु जडित उक्त सर्भिस सेन्टरमा १२ वटा गाडी एकैपटक सर्भिस गर्न सकिन्छ भने ११ वटा गाडी एकैपटक चार्ज गर्न सकिन्छ ।


साथै सर्भिसका लागि आउने ग्राहकका लागि सुविधासम्पन्न आराम कक्षको समेत व्यवस्था गरिएको छ ।
ग्राहकहरुको सुवधाको मध्यनजर गर्दै सिप्रदी कम्पनीले यही जेठ ३ र ४ गते बालुवाखानीमा टाटा समर सर्भिस क्याम्पको आयोजना गरेको थियो । उक्त क्याम्पमा ८० वटा गाडी सर्भिस गरिएको थियो ।













धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया