मंगलबार, माघ ६, २०८२

कांग्रेसले संसदमा उत्ताउलोपन र असभ्य व्यवहार देखायो : ओली

मेरोन्यूज २०८१ जेठ ४ गते १४:४७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनले बताए । 

बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली समेत उठेर कांग्रेस सांसदहरुको विरोध गरेका थिए ।

अध्यक्ष ओली उठेर आफ्ना सांसदहरुलाई प्रोभोक गरेको कांग्रेसको आरोप रहेको छ ।

प्रतिक्रिया