खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ वर्षीय सुदिप गिरी, अछाम रामारोसन–७ का २३ वर्षी नविन भन्ने नृप भण्डारी, वैतडी पुरचौडि–१ का २७ वर्षीय जयन्त धानुक, कैलाली गैरीगङ्गा–५ का २० वर्षीय तेज थापा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र खाती तथा वझाङ थलगाका २१ वर्षीय सुनिल रोकाया रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो ।
पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।











वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया