बुधबार, मंसिर १७, २०८२

वृषका राेकिएका काम बन्ने, अन्य राशिकाे कस्ताे छ दिन?

मेरोन्यूज २०८१ जेठ ५ गते ७:२५

आजमिति २०८१ साल जेठ ५ गते शनिवार तदअनुसार मे १८ तारिख, नेपाल संवत ११४४वैशाख शुक्ल दशमी/पञ्चाङ्ग: हर्षण गर उत्तर

यस्ताे छ तपाइकाे आजकाे राशिफल

मेष : कार्यमा रुचि जाग्नुका साथै यात्राको योग समेत देखिन्छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। कला र गलाको प्रभाव बढ्नेछ। दिनको उत्तरार्द्धमा अधिक धन खर्च हुन सक्छ।

वृष : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। तीर्थाटनको योग छ।

मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। राजनीतिक कार्यमा बाधा आउला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ तर मनोरञ्जनमा सहभागी भइनेछ।

कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। अधुरो र नयाँ कार्यको थालनी हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुर छाउने योग छ।

सिंह : नयाँ सम्बन्ध जोडिन सक्छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। लाभदायक यात्रा रहनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। एजेन्टको काममा भने नोक्सानी हुन सक्छ।

कन्या : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। लाभदायक र सुखद यात्रा हुने योग छ।

तुला : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

वृश्चिक : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। टाढाको यात्राको सम्भावना छ।

धनु : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिदैन। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

मकर : उमङ्ग र उत्साह छाउला। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। पेसा-व्यवसायका क्षेत्रमा फाइदा हुनेछ।

कुम्भ : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

मीन : एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। अरूको मन जित्न सकिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आत्मबल र हिम्मत बढ्नेछ।

प्रतिक्रिया