बिहीबार, वैशाख १०, २०८३

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

मेरोन्यूज २०८१ जेठ ५ गते ८:२४

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

Advertisement
NiccNicc

बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया