विद्यार्थीका लागि पढाइसँगै सिप कार्यक्रम सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरूलाई पढाइसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचि अनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ,” उनले भने “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौ ।”
हाउस वायरिङ, पलम्बीङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सिप मूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु। १/१ लाखका दरले बजेट उपलब्ध गराएको छ ।
कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिए । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।
बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जना भन्दा बढी विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सिप सिकेका विद्यार्थीलाई अन्य तालिम मार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताइन् । म्याग्दीमा पलम्बीङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ ।
















माधव नेपाल रौतहट –१ बाट उम्मेदवार
Trump ties his stance on Greenland to not getting Nobel Peace Prize
Education Minister resigns
पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया