उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो ।
कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पु¥याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ । “खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,” उनले भने, “अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन् ।”
अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताए। “परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,” उनले भने, “अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ ।”
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया