विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित

काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ सेखले २३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै विन्डवार्ड्स भोल्क्यानोजले २० ओभरमा २०५ रन बनाएको थियो ।
यो हारसँगै नेपालले ३ खेलको सिरिज भने २-१ जितेको छ । विश्वकपको तयारीका लागि सेन्ट भिनसेन्ट पुगेको नेपाली टिम अब अमेरिकाको हस्टन फर्किने तालिका रहेको छ । हस्टनमा नेपालले २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।
आइसीसीले सार्बजनिक गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया