सोमबारको तुलनामा मंगलबार सुनको मुल्य ५ सयले घट्यो, व्यवसायी भन्छन् ‘आज कारोबार बढ्ने आशा छ’

काठमाडौं । नेपाली बजारमा कारोबार भएको साताको दोस्रो दिन मंगलबार सुनचाँदीको मुल्य सस्तो भएको छ । सातो तेस्रो दिन मंगलबार भएपनि आइतबार होली कारण बजार बन्द भएकाले कारोबार बन्द भएको थियो । तेसैले कारोबार भएको दोस्रो दिन मंगलबार सुन प्रतितोला ८६ हजार रुपैयाँमा किनबेच भएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सुनचाँदी केही सस्तो भएकाले मंगलबार सुनचाँदी बजारमा उत्साहा हुने अपेक्षा रहेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
मेरोन्यूजसँग कुरा गर्दै शाक्यले पछिल्लो समय किन्नेको भन्दा बेच्नेको लर्को लागेको र धेरै व्यक्ति शेयरतिर आकर्षित भएकाले सुनचाँदीको व्यापार अन्तराष्ट्रियस्तरदेखि नेपालमा समेत आकर्षण नदेखिएको उल्लेख गरे ।
सर्वसाधारण भने सुन घटेमा मात्र किन्ने तयारीमा छन् । सुन सस्तो भएर प्रतितोला ७० हजार रुपैयाँमा पुगे खरिद गर्ने होइन भने पर्ख र हेरको स्थितीमा रहेको कोटेश्वरकी डेमामालिनी शर्माले मेरोन्यूजमा भनाई राखिन् ।

















निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल
भियतनाम जाने टेनिस टोलीको बिदाइ
कांग्रेस बदलेर आएका छौँ, अब देश बदल्छौँ : गगन थापा
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया