राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ‘सर्ट लिस्ट’मा पाँचजना छनौट भएका छन्।
छनौट भएका पाँचमध्येबाट अब एकजनाले पाँच वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकबाट छनौटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर रहेका छन् । परेकामध्ये खनाल र अधिकारीबीच प्रतिष्पर्धा हुने देखिन्छ । खनाल अहिले पनि बैंकमा निमित्त सिइओको जिम्मेवारीमा छन् । कृष्ण बहादुर अधिकारी भने नेपाल बैंकका पूर्व सीईओ हुन् ।
सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताएको छ । समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ ।
अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो।












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया