एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले बेला–बेलामा अनौठा–अनौठा प्रडक्टहरू ल्याउने गरेको छ ।
मार्क जुकर वर्गको यस कम्पनीले बजारमा ल्याएका ल्याएका सबै प्रडक्टलाई युजरहरूले मन पराएका छैनन् । यो फरक कुरा हो ।
कम्पनीले अब नयाँ खालको इयरबडमा काम गरिरहेको छ । यो इयरबडमा इन–बिल्ट क्यामेरा पनि हुनेछ ।
सुन्दा अलि अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । तपाईले प्रायः गीत सुन्न प्रयोग गर्ने इयरबडमा अब क्यामेरा पनि हुनेछ । मेटाले यो इयरबडको नाम क्यामेराबड्स राखेको छ ।
कस्तो हुनेछ मेटाको क्यामेराबड
रिपोर्टका अनुसार क्यामेराबडका दुवै बडमा क्यामेरा जडान गरिनेछ । यी क्यामेराले तपाईंको आसपास भएका चीजहरू रेकर्ड गर्नेछन् र तपाईंको प्रश्नहरूको जवाफ दिनेछन् ।
मेटाको यो प्रोजेक्ट अहिले प्रारम्भिक चरणमै छ । सबाहेक कम्पनीले यसको डिजाइन कस्तो हुने भन्नेबारे पनि अन्तिम निर्णय गरेको छैन ।
क्यामेराबडमा एआई सपोर्ट गर्नेछ । यसले अनुवादको काम पनि गर्नेछ । दुवै बडमा बाहिरी भागमा क्यामेरा जडान हुनेछ ।
रिपोर्टका अनुसार यी बडहरूले मल्टिमोडल एआई र यसमा जडान गरिएको क्यामेरा सर्पोट गर्नेछ ।
प्रयोगकर्ताहरूसँग बडको स्मार्ट चस्मा जस्तै हुनेछ कि ल्याग फ्रि हुन्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया