एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले बेला–बेलामा अनौठा–अनौठा प्रडक्टहरू ल्याउने गरेको छ ।
मार्क जुकर वर्गको यस कम्पनीले बजारमा ल्याएका ल्याएका सबै प्रडक्टलाई युजरहरूले मन पराएका छैनन् । यो फरक कुरा हो ।
कम्पनीले अब नयाँ खालको इयरबडमा काम गरिरहेको छ । यो इयरबडमा इन–बिल्ट क्यामेरा पनि हुनेछ ।
सुन्दा अलि अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । तपाईले प्रायः गीत सुन्न प्रयोग गर्ने इयरबडमा अब क्यामेरा पनि हुनेछ । मेटाले यो इयरबडको नाम क्यामेराबड्स राखेको छ ।
कस्तो हुनेछ मेटाको क्यामेराबड
रिपोर्टका अनुसार क्यामेराबडका दुवै बडमा क्यामेरा जडान गरिनेछ । यी क्यामेराले तपाईंको आसपास भएका चीजहरू रेकर्ड गर्नेछन् र तपाईंको प्रश्नहरूको जवाफ दिनेछन् ।
मेटाको यो प्रोजेक्ट अहिले प्रारम्भिक चरणमै छ । सबाहेक कम्पनीले यसको डिजाइन कस्तो हुने भन्नेबारे पनि अन्तिम निर्णय गरेको छैन ।
क्यामेराबडमा एआई सपोर्ट गर्नेछ । यसले अनुवादको काम पनि गर्नेछ । दुवै बडमा बाहिरी भागमा क्यामेरा जडान हुनेछ ।
रिपोर्टका अनुसार यी बडहरूले मल्टिमोडल एआई र यसमा जडान गरिएको क्यामेरा सर्पोट गर्नेछ ।
प्रयोगकर्ताहरूसँग बडको स्मार्ट चस्मा जस्तै हुनेछ कि ल्याग फ्रि हुन्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया