स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा

वेदकोट (कञ्चनपुर)। पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिए ।
उनी डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि महेन्द्रनगर झरेका हुन् । उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उनको योजना छ ।
“कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ छु”, उनी भन्छन्, “गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।” उनले कुलुम प्रतिकिलोग्राम ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिए ।
यस्तै अम्रिसोबाट तयार गरिएको झाडु ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताए । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।
खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताए । “गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ,” उनले भने, “सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।”
परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउँछन् । उनी जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्छन् ।
“गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ । अभावै अभावमा जीवन गुजा¥यौँ । अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्”, उनले आग्रह गर्दै भने ।
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया