कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ : ओली
मेरोन्यूज
२०८१ जेठ ८ गते १४:२०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।
‘कांग्रेसले आफूलाई सम्हाल्नुपर्यो कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्यो’, उनले भने ।
त्यसो भए घेराउकै बीच बजेट ल्याउने हो भन्ने प्रश्नमा ओलीले यसअघि पनि त्यसरी बजेट आएको बताए । ‘घेराउका बीच बजेट आएका छैनन् ? हामीले १२ पल्ट घेराउ गर्दागर्दै बजेट आएको देख्नुभएको थिएन ?’, ओलीले प्रश्न गरे ।
५ जेठमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सहकारीको वचत अपचलनमा छानबिन समिति बन्न सक्ने ओलीले बताए । ‘५ गते टुंगिएको अनुसार हो भने (छानबिन समिति) बन्न सक्छ’, उनले भने ।
सम्बन्धित
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया