टोनी क्रूजले युरोकपपछि सन्यास लिने

काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।
रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् ।
क्रूज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा १० सिजन खेलेका क्रूजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दै छ ।
रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका छन् भने चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया