सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका पठाउने प्रक्रिया अगाडि बढाएको छ ।
मंगलबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
उनका अनुसार सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा क्यानले आईसीसीसँग पहल गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ International Cricket Council लगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको र संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु ।’
बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।














आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया