सरकार र थरुहट संघर्ष समितिवीचको वार्ता सकारात्मक,बिहिबार पुन बस्ने

काठमाडौं । सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट / थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको औपचारिक वार्ता सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको वार्ता पुन बिहिबार बस्ने गरी टुङ्गिएको हाे ।
वार्ता सकारात्मक, दिशामा अघि बढेको तर पुन बिहिबार बस्ने गरी टुङ्गिएको आन्दोलनकारीका तर्फको वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । आजको वार्तामा दुबै पक्षले आफ्ना धारणा राखेका थिए । सरकारले सोमबार पत्रकार सम्मेलन गरि वार्ता टोली गठन भएकोे जानकारी दिएको थियो ।
सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री रामवहादुर थापा (बादल)को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् भने आन्दोलनकारीका तर्फबाट रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।
टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा थिए।
सरकार थारुहटका माग सम्वोधन गर्न लचिलो बनेपछि वार्ता टोली दुवै पक्षले बनाई बार्ताको वातावरण निर्माण भएको हो ।
















घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया