राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा चार प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेस भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदन पेस भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा धवलशमसेर राणाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका हुन् । ती प्रतिवेदनलाई सामान्य परिमार्जनसहित यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जनाइएको छ ।
त्यस्तै, आज बसेकोे बैठकले राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने जनाउँदै पार्टीले गृहमन्त्रीमाथि लागेका आरोपबारे पनि छानबिन गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया