रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष पदका उम्मेद्धवार कुमार चिमोरिया को हुन् ?

काठमाडौँ । काभ्रेको तिमालमा जन्मेका सामान्य एक किसानका छोरा हुन् कुमार चिमोरिया । मावि स्तरसम्म अध्ययन गरेका उनी २०५३ सालमा काठमाडौं छिरे।
चिमोरियाले विदेश जान तीन चोटी सम्म प्रयास गरे तर केहि सिप लागेन । विभिन्न संघसँस्थामा काम गर्दै उनले २०७२ सालमा हाम्रो अटोमोबाइल प्रा.लि. सञ्चालनमा ल्याए ।
हाल सातदोवाटोमा अवस्थित यस अटोमोबाइलले नयाँ तथा पुराना गाडीहरु बिक्री बितरण गर्दै आएको छ । सुन्य लागतबाट सुरु भएको कुमारको ब्यवसाय आज करोडौंको छ । यो सबै आफ्नो परिवारको साथ र सहयोगले सम्भव भएको उनी बताउँछन् ।
नेपालमा सम्भावना नदेखेर विदेशिने लर्को लागेको बेला आफ्नै देशमा केहि गरौं भन्ने ज्वलन्त उदाहरण बनेका छन् चिमोरिया । इमान्दारिताका साथ आफ्नो काम गरे सफल एक न एक दिन अवश्य हुने उनी बताउँछन्
चिमोरिया नेपाल रिकन्डिसन अटो व्यवसायी संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनले यस संघको आगामी जेठ २६ गते हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
आफूले निर्वाचन जिते बैँक तथा वित्तीय संस्थाहरुले नयाँलाई गाडी र सेकेण्ड ह्याण्ड गाडीलाई कवाडी भन्ने दृष्टिकोणलाई अन्त्य गर्न पहल गर्ने चिमोरियाले बताएका छन् ।

उम्मेद्वारी घोषणा सँगै चुनावी एजेण्डा सार्वजनिक गरेका उनले सातै प्रदेशको यातायात व्यवस्था कार्यालयमा हुने बेथिति र कुरितीविरुद्ध बुलन्द गर्ने बताएका छन् ।
त्यस्तै, रिकन्डिसन व्यवसायीहरुलाई कर तिरे अनुसारको सम्मानजनक व्यवहारका लागि वातावरण निर्माणमा भूमिका खेल्ने, व्यवसायीको साझा समस्या समाधानका लागि काम गर्ने लगायत उनका चुनावी एजेण्डा रहेका छन् ।
वर्तमान अध्यक्ष रमेश प्रसाद कोइराला उनका प्रतिस्प्रर्धी हुन् । कोइरालाले एक कार्यकाल कार्यवहाक अध्यक्ष बनेर समेत संघको नेतृत्व गरिसकेका छन् ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया