मधेश प्रदेशमा १० महिनामा १९ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं। मधेश प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ ।
मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको जनाएको हो ।
उक्त अवधिमा चालू खर्चतर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात ४ अर्ब ४६ करोड ७४ लाख ६८ हजार रुपैयाँ तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात ३ अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।
मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।
चालू आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।
आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यान्वयन हुन चुनौती रहेको जानकारको भनाइ छ ।













मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया