हुरिकेन्समाथि नेपाल ६ रनले विजयी

काठमाडौँ । पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ ।टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो ।
अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो । हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान दुईदुई विकेट लिए । कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट हात पारे ।
सुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे।
होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया